ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

देशभरका पाँच स्थानमा सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौँ । शनिबार बाढी र पहिरोका कारण देशभरका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान १० बजे सार्वजनिक गरेको विवरण अनुसार देशका ५ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । साथै सात स्थानमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालनमा रहेका छन् ।

प्रहरीका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–८ स्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । यस्तै रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीन नाका जोड्ने पुल, गोसाईंकुण्ड गाउँपालिका–२, ३ मा पर्ने पासाङल्हामु सडक खण्ड र उत्तरगया गाउँपालिका–५, गल्छी–त्रिशूलीदेखि मैलुङ–स्याफ्रु पूर्णरूपमा बन्द भएको छ ।

त्यस्तै, रुकुम पश्चिममा बाढीका कारण आठबिसकोट नगरपालिका-६ स्थित जाजरकोट–डोल्पा भेरी काेरिडोर सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ ।

  himalayanvoice.com | १८ श्रावण २०८२, शनिबार ०८:५५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online