ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

धरान स्पोर्ट्स अवार्ड : साहिल र वर्षा उत्कृष्ट खेलाडी

धरान । धरान स्पोर्ट्स अवार्ड–२०८२ उत्कृष्ट वर्ष खेलाडी पुरुषतर्फ सितेरियो करातेका साहिल राई र महिलातर्फ करातेकै वर्षा राईले पाउनुभएको छ । 

धरान खेलकुद मञ्चद्वारा शनिबार आयोजित कार्यक्रममा विभिन्न सात विधामा पर्न सफल खेलाडी तथा प्रशिक्षकलाई खेलकुद अवार्ड प्रदान गरिएको हो । जसमा साहिल र वर्षाले उत्कृष्ट वर्ष खेलाडी अवार्ड पाउनुभएको हो । उहाँले अवार्डसहित जनही ३० हजार रुपियाँ पाउनुभयो ।

यस्तै उत्कृष्ट प्रशिक्षकको अवार्ड करातेका किरण लामाले पाउनुभयो । उहाँले २० हजार रुपियाँ पुरस्कार पाउनुभयो । उत्कृष्ट राइजिङ प्लेयरको अवार्ड टेवलटेनिसकी सुलेखाकुमारी ठाकुर र मोष्ट भ्यालुएवल पर्फमेन्स अफ दि इयर अवार्ड फुटबलका मनोज राईले पाउनुभयो । सबैलाई जनही १५ हजार रुपियाँ प्रदान गरियो ।

यसैगरि फरक क्षमता भएका खेलाडी विवेक राईलाई स्वर्गीय विक्रम राई स्मृति विशेष प्रतिभा पुरस्कारसहित १५ हजार रुपियाँ प्रदान गरियो ।

लिजेन्ड अफ दि इयर सम्मान करातेका वरिष्ठ प्रशिक्षक दिपेश शाक्य र उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट ब्लाष्टका कार्यकारी सम्पादक भोजराज श्रेष्ठलाई प्रदान गरियो । दुवैलाई जनही १५ हजार रुपियाँ प्रदान गरियो ।

धरान खेलकुद मञ्चले गत वर्ष देखि खेलाडी, प्रशिक्षक र पत्रकारलाईसमेत प्रोत्साहन गर्न खेलकुद विधाको अवार्ड प्रदान गर्दै आएको मञ्चका अध्यक्ष किशोर राईले बताउनुभयो ।

  himalayanvoice.com | १८ श्रावण २०८२, शनिबार २१:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online