ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

धरान स्पोर्ट्स अवार्ड : साहिल र वर्षा उत्कृष्ट खेलाडी

धरान । धरान स्पोर्ट्स अवार्ड–२०८२ उत्कृष्ट वर्ष खेलाडी पुरुषतर्फ सितेरियो करातेका साहिल राई र महिलातर्फ करातेकै वर्षा राईले पाउनुभएको छ । 

धरान खेलकुद मञ्चद्वारा शनिबार आयोजित कार्यक्रममा विभिन्न सात विधामा पर्न सफल खेलाडी तथा प्रशिक्षकलाई खेलकुद अवार्ड प्रदान गरिएको हो । जसमा साहिल र वर्षाले उत्कृष्ट वर्ष खेलाडी अवार्ड पाउनुभएको हो । उहाँले अवार्डसहित जनही ३० हजार रुपियाँ पाउनुभयो ।

यस्तै उत्कृष्ट प्रशिक्षकको अवार्ड करातेका किरण लामाले पाउनुभयो । उहाँले २० हजार रुपियाँ पुरस्कार पाउनुभयो । उत्कृष्ट राइजिङ प्लेयरको अवार्ड टेवलटेनिसकी सुलेखाकुमारी ठाकुर र मोष्ट भ्यालुएवल पर्फमेन्स अफ दि इयर अवार्ड फुटबलका मनोज राईले पाउनुभयो । सबैलाई जनही १५ हजार रुपियाँ प्रदान गरियो ।

यसैगरि फरक क्षमता भएका खेलाडी विवेक राईलाई स्वर्गीय विक्रम राई स्मृति विशेष प्रतिभा पुरस्कारसहित १५ हजार रुपियाँ प्रदान गरियो ।

लिजेन्ड अफ दि इयर सम्मान करातेका वरिष्ठ प्रशिक्षक दिपेश शाक्य र उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट ब्लाष्टका कार्यकारी सम्पादक भोजराज श्रेष्ठलाई प्रदान गरियो । दुवैलाई जनही १५ हजार रुपियाँ प्रदान गरियो ।

धरान खेलकुद मञ्चले गत वर्ष देखि खेलाडी, प्रशिक्षक र पत्रकारलाईसमेत प्रोत्साहन गर्न खेलकुद विधाको अवार्ड प्रदान गर्दै आएको मञ्चका अध्यक्ष किशोर राईले बताउनुभयो ।

  himalayanvoice.com | १८ श्रावण २०८२, शनिबार २१:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online