ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

बागमतीका मुख्यमन्त्री लामाले आजै राजीनामा दिने, बानियाँ प्रदेशका नयाँ मुख्यमन्त्री

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज आफ्नो पदबाट राजीनामा दिदै छन् । यस अघि १४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब खेपेका लामाले आइतबार बिहान हेटौंडा आएर राजीनामा दिने निश्चित भएको हो ।

प्रदेश सांसद रमेश महतका अनुसार शनिवार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त भेट गरेका थिए । भेटपछि लामा राजीनामा दिन तयार भएका हुन् ।

महतका अनुसार काठमाडौंमा उपचार गराइरहेका प्रदेश प्रमुख देवकोटा आज हेटौंडा फर्किए पछि उनलाई राजीनामा बुझाउने तयारी छ ।

लामाले राजीनामा दिएसँगै बागमतीको नयाँ मुख्यमन्त्री कांग्रेस संसदीय दलको नेताको रूपमा इन्द्र बानियाँ हुनेछन् ।

  himalayanvoice.com | १९ श्रावण २०८२, आईतवार ००:४९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online