ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

बागमतीका मुख्यमन्त्री लामाले आजै राजीनामा दिने, बानियाँ प्रदेशका नयाँ मुख्यमन्त्री

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज आफ्नो पदबाट राजीनामा दिदै छन् । यस अघि १४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब खेपेका लामाले आइतबार बिहान हेटौंडा आएर राजीनामा दिने निश्चित भएको हो ।

प्रदेश सांसद रमेश महतका अनुसार शनिवार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त भेट गरेका थिए । भेटपछि लामा राजीनामा दिन तयार भएका हुन् ।

महतका अनुसार काठमाडौंमा उपचार गराइरहेका प्रदेश प्रमुख देवकोटा आज हेटौंडा फर्किए पछि उनलाई राजीनामा बुझाउने तयारी छ ।

लामाले राजीनामा दिएसँगै बागमतीको नयाँ मुख्यमन्त्री कांग्रेस संसदीय दलको नेताको रूपमा इन्द्र बानियाँ हुनेछन् ।

  himalayanvoice.com | १९ श्रावण २०८२, आईतवार ००:४९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online