ट्रेण्डिङ्ग:
|भिजिट भिसा छानबिन समिति प्रतिवेदन अगाडि बढाउने सरकारको निर्णय|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए

दिया श्रेष्ठको शिरमा मिस नेपाल नर्थ अमेरिकाको ताज

न्युयोर्क । तनहुँ आँबुखैरेनीमा जन्मिएकी दिया श्रेष्ठले अमेरिकामा आयोजित मिस नेपाल नर्थ अमेरिका–२०२५ को उपाधि चुम्न सफल भएकी छन् । आफ्ना १९ प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले उपाधि हात पारेकी हुन्।

उपाधि चुमेसँगै श्रेष्ठले अर्को वर्ष हुने मिस नेपालमा सिधै प्रतिष्पर्धा गर्ने अवसर पाउने भएकी छन् ।

उपाधि संगै श्रेष्ठले नेपाल पर्यटन बोर्डको सद्भावना दूत बन्ने अवसर पनि पाउने छिन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा हाल न्युजर्सी निवासी श्रेष्ठले ८ औँ संस्करणको प्रतियोगिताको उपाधि हात पारेकी हुन् । टेनेसी राज्यकी कृष्मा सुवेदी पहिलो उपविजेता र टेक्सास राज्यकी आर्या कोइराला दोस्रो उपविजेता घोषित भएकी थिइन् ।

कलाकार प्रदीप खड्का, आँचल शर्मा, अनुपविक्रम शाही, पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ, सामाजिक संस्था स्नेह केयरकी संस्थापक स्नेहा श्रेष्ठ जजको रूपमा थिए । आयोजक संस्था ड्रीम्स युनिभर्सलका प्रमुख शैलेन्द्र श्रेष्ठले प्रतियोगिता उत्साहजनक ढंगले सम्पन्न भएको जानकारी दिए।

 

  himalayanvoice.com | २० श्रावण २०८२, सोमबार १८:५३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online