ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

दिया श्रेष्ठको शिरमा मिस नेपाल नर्थ अमेरिकाको ताज

न्युयोर्क । तनहुँ आँबुखैरेनीमा जन्मिएकी दिया श्रेष्ठले अमेरिकामा आयोजित मिस नेपाल नर्थ अमेरिका–२०२५ को उपाधि चुम्न सफल भएकी छन् । आफ्ना १९ प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले उपाधि हात पारेकी हुन्।

उपाधि चुमेसँगै श्रेष्ठले अर्को वर्ष हुने मिस नेपालमा सिधै प्रतिष्पर्धा गर्ने अवसर पाउने भएकी छन् ।

उपाधि संगै श्रेष्ठले नेपाल पर्यटन बोर्डको सद्भावना दूत बन्ने अवसर पनि पाउने छिन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा हाल न्युजर्सी निवासी श्रेष्ठले ८ औँ संस्करणको प्रतियोगिताको उपाधि हात पारेकी हुन् । टेनेसी राज्यकी कृष्मा सुवेदी पहिलो उपविजेता र टेक्सास राज्यकी आर्या कोइराला दोस्रो उपविजेता घोषित भएकी थिइन् ।

कलाकार प्रदीप खड्का, आँचल शर्मा, अनुपविक्रम शाही, पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ, सामाजिक संस्था स्नेह केयरकी संस्थापक स्नेहा श्रेष्ठ जजको रूपमा थिए । आयोजक संस्था ड्रीम्स युनिभर्सलका प्रमुख शैलेन्द्र श्रेष्ठले प्रतियोगिता उत्साहजनक ढंगले सम्पन्न भएको जानकारी दिए।

 

  himalayanvoice.com | २० श्रावण २०८२, सोमबार १८:५३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online