ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

‘अस्ट्रेलिया फर्स्ट’ को विरोध प्रदर्शन ‘जातिवादी’ र ‘जेनोफोबिक’ : एबी च्याटफिल्ड 'अधिकांश अष्ट्रेलियालीहरू जातिवादी कुरासँग सहमत छैनन् । तर पागलहरू आफुलाई शक्तिशाली महसुस गर्न चाहन्छन् ।'

सिड्नी । सामाजिक संजालमा प्रभावशाली भूमिका निर्वाह गर्दै आएकी एबी च्याटफिल्डले अगस्ट ३१ मा आयोजना हुदै गरेको ‘अस्ट्रेलिया फर्स्ट’द्वारा आयोजित विरोध प्रदर्शनलाई ‘जातिवादी’ र ‘जेनोफोबिक’ भन्ने टिप्पणी गरेकी छिन्।

राष्ट्रवादी, देशभक्त र सामान्य अष्ट्रेलियालीहरूको ‘ग्रासरुट’ गठबन्धनद्वारा आयोजना गरिएको, ‘सामूहिक आप्रवासन’ अन्त्यको माग गर्न प्रमुख शहरहरुमा र्‍यालीहरू आयोजना हुने भएपछी एबी च्याटफिल्डले यस्तो टिप्पणी गरेकी हुन् ।

बुधबार टिकटकमा पोस्ट गर्दै एबीले भनेकी छिन्, ‘प्रस्तावित र्‍यालीहरू ‘जातिवादी’ र ‘जेनोफोबिक’ मानसिकताको उपज हो ।’

आफ्नो पोस्टमा एबीले दाबी गर्दै भनिन्, ‘अधिकांश अष्ट्रेलियालीहरू जातिवादी कुरासँग सहमत छैनन् ।’

उनले भनिन्, ‘अधिकांश अष्ट्रेलियालीहरू जातिवादी कुरासँग सहमत छैनन् । तर पागलहरू आफुलाई शक्तिशाली महसुस गर्न चाहन्छन् ।’

उनले आफ्नो टिक टक पोष्टमा भनेकी छिन्, ‘म यसबारे कुरा गर्न चाहन्नथें, किनभने म यसमा ध्यान आकर्षित गर्न चाहन्नथें । तर यसले अब सवैको ध्यान आकर्षित गरेको छ। त्यसैले यसको बारेमा कुरा गर्ने र यसको निन्दा गर्ने समय आएको छ ।’

 

  himalayanvoice.com | २९ श्रावण २०८२, बुधबार १४:४७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online