ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

‘अस्ट्रेलिया फर्स्ट’ को विरोध प्रदर्शन ‘जातिवादी’ र ‘जेनोफोबिक’ : एबी च्याटफिल्ड 'अधिकांश अष्ट्रेलियालीहरू जातिवादी कुरासँग सहमत छैनन् । तर पागलहरू आफुलाई शक्तिशाली महसुस गर्न चाहन्छन् ।'

सिड्नी । सामाजिक संजालमा प्रभावशाली भूमिका निर्वाह गर्दै आएकी एबी च्याटफिल्डले अगस्ट ३१ मा आयोजना हुदै गरेको ‘अस्ट्रेलिया फर्स्ट’द्वारा आयोजित विरोध प्रदर्शनलाई ‘जातिवादी’ र ‘जेनोफोबिक’ भन्ने टिप्पणी गरेकी छिन्।

राष्ट्रवादी, देशभक्त र सामान्य अष्ट्रेलियालीहरूको ‘ग्रासरुट’ गठबन्धनद्वारा आयोजना गरिएको, ‘सामूहिक आप्रवासन’ अन्त्यको माग गर्न प्रमुख शहरहरुमा र्‍यालीहरू आयोजना हुने भएपछी एबी च्याटफिल्डले यस्तो टिप्पणी गरेकी हुन् ।

बुधबार टिकटकमा पोस्ट गर्दै एबीले भनेकी छिन्, ‘प्रस्तावित र्‍यालीहरू ‘जातिवादी’ र ‘जेनोफोबिक’ मानसिकताको उपज हो ।’

आफ्नो पोस्टमा एबीले दाबी गर्दै भनिन्, ‘अधिकांश अष्ट्रेलियालीहरू जातिवादी कुरासँग सहमत छैनन् ।’

उनले भनिन्, ‘अधिकांश अष्ट्रेलियालीहरू जातिवादी कुरासँग सहमत छैनन् । तर पागलहरू आफुलाई शक्तिशाली महसुस गर्न चाहन्छन् ।’

उनले आफ्नो टिक टक पोष्टमा भनेकी छिन्, ‘म यसबारे कुरा गर्न चाहन्नथें, किनभने म यसमा ध्यान आकर्षित गर्न चाहन्नथें । तर यसले अब सवैको ध्यान आकर्षित गरेको छ। त्यसैले यसको बारेमा कुरा गर्ने र यसको निन्दा गर्ने समय आएको छ ।’

 

  himalayanvoice.com | २९ श्रावण २०८२, बुधबार १४:४७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online