ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

एमसीसी अन्तर्गत विद्युत प्रशारण लाइनका लागि ठेकेदार कम्पनीसँग निर्माण सम्झौता

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल मातहत निर्माण हुने चार सय केभी डबल सर्किट प्रसारण लाइन अन्तर्गतका दुई खण्ड निर्माणको लागि आज सम्झौता भएको छ ।

एमसीए नेपालका अनुसार न्यु दमौली–न्यु बुटवल प्रसारण लाइन र रातामाटे–न्यु दमौली प्रसारण लाइन निर्माणका लागि आज ठेकेदार कम्पनीसँग निर्माण सम्झौता भएको हो । कुल ३ सय १५ किलोमिटरको प्रसारण लाइन परियोजना अन्तर्गत यसअघि १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माण गर्न ठेकेदार कम्पनीसँग सम्झौता भइसकेको छ ।

आज ९० किलोमिटर लामो रातमाटे–न्यु दमौली प्रसारण लाइन निर्माणका लागि भारतको एनजेलिक–स्किपर संयुक्त उपक्रम (जेभी) सँग सम्झौता भएको हो । न्यु बुटवल–नेपाल र भारत सीमाको ठेक्का सम्झौतापछि बाँकी २ सय ९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि गत वर्ष मंसिर १२ गते ठेक्का आह्वान गरिएको थियो । त्यसै बमोजिम १ सय ८० किलोमिटर लामा दुई खण्डको लाइन निर्माण गर्न ठेक्का सम्झौता भएको हो । दुवै ठेक्काका अवधि ३६ महिना रहेको छ । प्रसारण लाइनका पाँच खण्डमध्ये अब दुई खण्डको निर्माण सम्झौता हुन बाँकी छ ।

  himalayanvoice.com | ३० श्रावण २०८२, बिहीबार ०९:०४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online