ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

दुई अमेरिकी किशोरको ज्यान जाने गरि गाडी चलाएको आरोपमा एक आप्रवासी पक्राउ नोएलिया सारे मार्टिनेज-अभिलालाई विस्कॉन्सिन कानून प्रवर्तनद्वारा सवारी साधन हत्या र बिगारी ड्राइभिङको दुईवटा गम्भीर आरोप लगाइएको थियो। आइसले उनको गिरफ्तारी संगै देशबाट निष्कासनको लागि थुनामा राखेर  मुद्धा दायर गरेको छ।

वासिङ्टन । अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) ले विस्कॉन्सिनको डेन काउन्टीमा दुई अमेरिकी किशोर किशोरीहरूको ज्यान लिने घातक कार दुर्घटना निम्त्याउने एक होण्डुरन आप्रवासीलाई पक्राउ गरेको छ।

आइसले घटनाको मुख्य दोषी भन्दै होन्डुरसबाट आएकी आप्रवासी नोएलिया साराय मार्टिनेज-एभिलालाई पक्राउ गरेको हो । नोएलिया साराय मार्टिनेज-एभिलाले जुलाई २० मा राजमार्गमा गलत दिशामा गाडी चलाउँदा गाडीलाई ठक्कर दिएर १८ वर्षीया ह्याली हेल्गेसनको घटनास्थलमै मृत्यु भएको थियो । मार्टिनेज-एभिलाले १९ वर्षीया ब्राडी हेलिङलाई पनि गम्भीर घाइते बनाइन जसको जुलाई २५ मा मृत्यु भयो।

नोएलिया सारे मार्टिनेज-अभिलालाई विस्कॉन्सिन कानून प्रवर्तनद्वारा सवारी साधन हत्या र बिगारी ड्राइभिङको दुईवटा गम्भीर आरोप लगाइएको थियो। आइसले उनको गिरफ्तारी संगै देशबाट निष्कासनको लागि थुनामा राखेर  मुद्धा दायर गरेको छ।

“ह्याली हेल्गेसन र ब्राडी हेलिङको अगाडि आफ्नो सम्पूर्ण जीवन थियो – र यदि नोएलिया साराय मार्टिनेज-अभिला नभएको भए तिनीहरू आज पनि जीवित हुने थिए – होन्डुरसकी एक आप्रवासी मार्टिनेज-अभिलाले मादक पदार्थ सेवन गरी राजमार्गमा गलत बाटोमा गाडी चलाउँदा यी दुई किशोरकिशोरीहरूको मृत्यु भयो,” सहायक सचिव ट्रिसिया म्याकलाफ्लिनले भनिन्।

  himalayanvoice.com | ३१ श्रावण २०८२, शुक्रबार १९:४०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online