बाल्टिमोर । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा सतेन्द्र शाह विजयी भएका छन्। एनआरएनएका विश्वका ७६ शाखामध्ये सबैभन्दा ठूलो अमेरिका शाखा हो।
आइतबार र सोमबार चलेको अनलाईन मतदानको नतिजा आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको हो। कार्यकाल २०२५ देख २०२७ का लागि सतेन्द्र शाहले ३२२८ मत पाए। उनका निकटम प्रतिद्वन्द्वी भानु खरेलले २५०६ मत लेराए। अर्का अध्यक्षका उम्मेदवार रामहरी अधिकारीले २०६३ मत पाए।
घोषित निार्वचन परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा सन्तोष पहारी, अन्य चार उपाध्यक्षहरुमा प्रदिप चौलागाई, अंग छिरिङ्ग शेर्पा, सुरेन्द्र लोडारी र ड। गंगाधर आचार्य निर्वाचित भएका छन्। महिला उपसभापति, सुनिता खत्री, युवा उपसभापति विजय वाइवा, महासचिवमा मोहन न्यौपाने सचिवमा सुर्य बस्ताकोटी, कोषाध्यक्षमा रबिन्द्र उप्रेती, युवा संयोजक संसार चौलागाई, महिला संयोजक करिना कुवर विजयी भएका छन्। त्यसैगरी बोर्ड अफ डाईरेक्टरमा सन्तोष लम्साल, माधव गौतम, बाबुराम काफ्ले, ध्रुब गौतम, राजु शाह, हेम ठकुल्ला, इन्द्र कान्त चौधरी, ओम बिके विजय भएका छन्।
प्रमुख निर्वाचन आयुक्त बाशु फुलाराले राजिनामा दिएपछि अन्यौलग्रस्त बनेको निर्वाचन प्रक्रिया अध्यक्ष डा. अर्जुन बन्जाडेको अथक प्रयासमा सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष सतेन्द्र शाहले हिमालायन भ्वाइससंग कुरा गर्दै बर्तमान कार्यसमिति र सम्पूर्ण मतदातालाई आभार प्रकट गर्दै एकिकृत एनआरएनए निर्माणमा लाग्न आग्रह गरेका छन् ।
प्रतिक्रिया