ट्रेण्डिङ्ग:
|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै|पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी|म्यासाचुसेट्स कानूनी सहायता कार्यक्रमले आप्रवासीहरूलाई आप्रवासन अदालतमा मद्धत गर्दछ|लाखौं क्यालिफोर्नियालीहरूलाई ५२० मिलियन डलरको उपयोगिता बिल राहत प्रदान|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन 

एनआरएन अमेरिकामा सतेन्द्र शाह प्यानल सहित विजयी घोषित निार्वचन परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा सन्तोष पहारी, अन्य चार उपाध्यक्षहरुमा प्रदिप चौलागाई, अंग छिरिङ्ग शेर्पा, सुरेन्द्र लोडारी र ड। गंगाधर आचार्य निर्वाचित भएका छन्। महिला उपसभापति, सुनिता खत्री, युवा उपसभापति विजय वाइवा, महासचिवमा मोहन न्यौपाने सचिवमा सुर्य बस्ताकोटी, कोषाध्यक्षमा रबिन्द्र उप्रेती, युवा संयोजक संसार चौलागाई, महिला संयोजक करिना कुवर विजयी भएका छन्।

बाल्टिमोर । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा सतेन्द्र शाह विजयी भएका छन्। एनआरएनएका विश्वका ७६ शाखामध्ये सबैभन्दा ठूलो अमेरिका शाखा हो।

आइतबार र सोमबार चलेको अनलाईन मतदानको नतिजा आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको हो। कार्यकाल २०२५ देख २०२७ का लागि सतेन्द्र शाहले ३२२८ मत पाए। उनका निकटम प्रतिद्वन्द्वी भानु खरेलले २५०६ मत लेराए। अर्का अध्यक्षका उम्मेदवार रामहरी अधिकारीले २०६३ मत पाए।

घोषित निार्वचन परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा सन्तोष पहारी, अन्य चार उपाध्यक्षहरुमा प्रदिप चौलागाई, अंग छिरिङ्ग शेर्पा, सुरेन्द्र लोडारी र ड। गंगाधर आचार्य निर्वाचित भएका छन्। महिला उपसभापति, सुनिता खत्री, युवा उपसभापति विजय वाइवा, महासचिवमा मोहन न्यौपाने सचिवमा सुर्य बस्ताकोटी, कोषाध्यक्षमा रबिन्द्र उप्रेती, युवा संयोजक संसार चौलागाई, महिला संयोजक करिना कुवर विजयी भएका छन्। त्यसैगरी बोर्ड अफ डाईरेक्टरमा सन्तोष लम्साल, माधव गौतम, बाबुराम काफ्ले, ध्रुब गौतम, राजु शाह, हेम ठकुल्ला, इन्द्र कान्त चौधरी, ओम बिके विजय भएका छन्।

प्रमुख निर्वाचन आयुक्त बाशु फुलाराले राजिनामा दिएपछि अन्यौलग्रस्त बनेको निर्वाचन प्रक्रिया अध्यक्ष डा. अर्जुन बन्जाडेको अथक प्रयासमा सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष सतेन्द्र शाहले हिमालायन भ्वाइससंग कुरा गर्दै बर्तमान कार्यसमिति र सम्पूर्ण मतदातालाई आभार प्रकट गर्दै एकिकृत एनआरएनए निर्माणमा लाग्न आग्रह गरेका छन् ।

  himalayanvoice.com | २ भाद्र २०८२, सोमबार १२:३५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online