ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

‘नेपालगन्ज १० नाइट रन’ मा रिले दौड पनि समावेश

नेपालगन्ज । नेपालको एक मात्र रात्रि दौड ‘नेपालगन्ज १० नाइट रन’ मा यस वर्ष रिले दौड विधा समेत समावेश गरिएको छ । विश्व दौडको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट मान्यता प्राप्त गरेपछि पहिलो पटक हुन लागेको नाइट रनको यो दोस्रो संस्करण हो ।

एम्सद्वारा यसअघि नै प्रमाणीकरण रुटमै रात्रि दौड समेत सञ्चालन हुनेछ । असोज ३ गते संविधान दिवसको दीप प्रज्वलनसँगै सुरु हुने नाइट रनमा १० किलोमिटर पुरुष र महिला खुल्ला, ५ किलोमिटर छात्र एवं छात्रा स्कुल स्तरीय दौड, १० किलोमिटर भेट्रान्स पुरुष (५० वर्षमाथि उमेर समूह), ५ किलोमिटर भेट्रान्स महिला (४५ वर्ष माथि उमेर समूह) र १० किलोमिटर मिक्स रिले (चार जनाको समूह दौड) गरी अलग स्पर्धा राखिएको छ ।

मिक्स रिले नेपालमा पहिलो पटक प्रयोग गर्न लागिएको हो । यसमा स्कुल, कलेज, क्लब वा कुनै पनि सङ्घसंस्थाले महिला पुरुष गरी चार जनाको समूह बनाएर स्पर्धा गर्न सकिने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताउनुभयो ।

पहिलो पटक समावेश गरिएको रिले दौडले आम मान्छेलाई दौडको मजा लिन प्रेरित गर्ने एम्स दूत तथा धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताउनुभयो ।

नेपालगन्ज १० नाइट रन एक दशक यात्रा पूरा गरेको धारा नेपालगन्ज म्याराथनकै भगिनी इभेन्ट हो । यी दुवैको संयोजन एवं व्यवस्थापन क्रियटिभ गन्जले गर्दै आएको छ ।

नेपालगन्ज उपमहानगरपालिका नजिकै रहेको बिपी चोकदेखि सुरु भई राँझा चोक पुगेर पुनः सोही रुटबाट बिपी चोकमै पुगेपछि दश किलोमिटर दुरी पूरा हुन्छ । नाइट रनका क्रममा ट्राफिक व्यवस्थापनलाई मध्यनजर गरी सडक एकतर्फी मात्र सञ्चालन गरिने भएको हुँदा धावकलाई सहज हुने गर्दछ । एक महिना बाँकी रहँदा दर्ता खुला गरिएको नेपालगन्ज नाइट रनका विजेतालाई नगद पुरस्कारका साथै सर्प्राइज पुरस्कार चाँडै घोषणा गरिने ठकुरीले बताउनुभयो ।

  himalayanvoice.com | ३ भाद्र २०८२, मंगलवार १०:५३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online