ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

भुटानमाथि नेपालको पुनरागमन जित

काठमाडौँ । नेपालले साफ यु–१७ महिला च्याम्पियनसिप फुटबलमा घरेलु टोली भुटानमाथि पुनरागमन जित निकालेको छ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा शुक्रबार भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हरायो । च्याम्पियनसिपमा नेपालले पहिलो जित हो । नेपाल पहिलो खेलमा भारतसँग ७–० गोलले पराजित भएको थियो ।

नेपालका लागि दुवै गोल सहारा लिम्बुले दोस्रो हाफमा गर्नुभयो । यसअघि भुटानने पहिलो हाफमा शेगेलको गोलमा १–० को अग्रता लिएको थियो । दोस्रो हाफमा गोल फर्काउने भुटानको योजना सफल भएन ।

जितसँगै नेपालले दुई खेलबाट तीन अङ्क बनाएको छ । भुटानले दोस्रो हार खेपेको छ । भुटान आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।

च्याम्पियनसिपमा आयोजक भुटानसहित नेपाल, भुटान र बङ्गलादेशको सहभागिता रहेहेको छ । एक अर्कासँग दुई दुई खेल खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालले अब अर्को खेल भारतसँग अगस्ट २९ तारिख खेल्नेछ । यस्तै भुटानसँग ३१ तथा बङ्गलादेशसँग अगस्ट २४ र २७ तारिख प्रतिस्पर्धा गर्नेछ ।

  himalayanvoice.com | ६ भाद्र २०८२, शुक्रबार २३:०६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online