ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

भुटानमाथि नेपालको पुनरागमन जित

काठमाडौँ । नेपालले साफ यु–१७ महिला च्याम्पियनसिप फुटबलमा घरेलु टोली भुटानमाथि पुनरागमन जित निकालेको छ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा शुक्रबार भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हरायो । च्याम्पियनसिपमा नेपालले पहिलो जित हो । नेपाल पहिलो खेलमा भारतसँग ७–० गोलले पराजित भएको थियो ।

नेपालका लागि दुवै गोल सहारा लिम्बुले दोस्रो हाफमा गर्नुभयो । यसअघि भुटानने पहिलो हाफमा शेगेलको गोलमा १–० को अग्रता लिएको थियो । दोस्रो हाफमा गोल फर्काउने भुटानको योजना सफल भएन ।

जितसँगै नेपालले दुई खेलबाट तीन अङ्क बनाएको छ । भुटानले दोस्रो हार खेपेको छ । भुटान आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।

च्याम्पियनसिपमा आयोजक भुटानसहित नेपाल, भुटान र बङ्गलादेशको सहभागिता रहेहेको छ । एक अर्कासँग दुई दुई खेल खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालले अब अर्को खेल भारतसँग अगस्ट २९ तारिख खेल्नेछ । यस्तै भुटानसँग ३१ तथा बङ्गलादेशसँग अगस्ट २४ र २७ तारिख प्रतिस्पर्धा गर्नेछ ।

  himalayanvoice.com | ६ भाद्र २०८२, शुक्रबार २३:०६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online