ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

साविक विजेता लिभरपुलको कठिन जित

काठमाडौँ । साविक विजेता लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई ३–२ गोलले हरायो ।

लिभरपुलको जितमा रायन ग्रेभेनबर्चले ३५औँ ह्युगो एकिटिकेले ४६औँ र रियो एनगुमोहले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभयो । यस्तै न्युक्यासलका लागि ब्रुनो गुइमेरेसले ५७औँ र विलियम ओसुलाले ८८ मिनेटमा गोल गर्नुभएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा एन्टोन गोर्डनले रातो कार्ड पाउँदै बाहिरिएपछि १० खेलाडीमा समेटिएको न्युक्यासलको हार टार्ने प्रयास अन्तिममा सफल भएन । जितसँगै लिभरपुलले ६ अङ्क बनाएको छ । पराजित न्युक्यासलको समान खेलबाट एक अङ्क छ ।

 

  himalayanvoice.com | १० भाद्र २०८२, मंगलवार १०:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online