ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

साविक विजेता लिभरपुलको कठिन जित

काठमाडौँ । साविक विजेता लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई ३–२ गोलले हरायो ।

लिभरपुलको जितमा रायन ग्रेभेनबर्चले ३५औँ ह्युगो एकिटिकेले ४६औँ र रियो एनगुमोहले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभयो । यस्तै न्युक्यासलका लागि ब्रुनो गुइमेरेसले ५७औँ र विलियम ओसुलाले ८८ मिनेटमा गोल गर्नुभएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा एन्टोन गोर्डनले रातो कार्ड पाउँदै बाहिरिएपछि १० खेलाडीमा समेटिएको न्युक्यासलको हार टार्ने प्रयास अन्तिममा सफल भएन । जितसँगै लिभरपुलले ६ अङ्क बनाएको छ । पराजित न्युक्यासलको समान खेलबाट एक अङ्क छ ।

 

  himalayanvoice.com | १० भाद्र २०८२, मंगलवार १०:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online