ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

प्रधानमन्त्री ओली र भारतका समकक्षी मोदीबिच भेटवार्ता

काठमाडौँ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले थियानचिनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्री ओलीसँगको भेट लगत्तै भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्नुभएको छ। तस्बिर सार्वजनिक गर्दैै मोदीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, ‘थियानचिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पाउँदा खुसी लाग्यो। नेपालसँग भारतको सम्बन्ध गहिरो र विशिष्ट छ।’

शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी प्रधानमन्त्री ओलीले सोही अवसरमा भेटवार्ता गर्नुभएको हो।

उक्त अवसरमा प्रथम महिला राधिका शाक्य सहभागी हुनुहुन्थ्यो।

  himalayanvoice.com | १५ भाद्र २०८२, आईतवार १०:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online