ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

विद्या भण्डारीको पार्टी सदस्यता रोक्न मिल्दैनः सुरेन्द्र पाण्डे

काठमाडौं । पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको संविधानले कोही पनि व्यक्तिलाई पार्टीमा निषेध नगरेकाले कुनै पार्टीले रोक्न नमिल्ने बताएका छन ।

आज (सोमबार) काठमाण्डूमा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तर–संवाद कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष यस्तो बताएका हुने । उनले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पनि कुनै पार्टीको सदस्य नहुन भनेर संविधानले कतै बन्देज नलगाएको बताएका छन ।

उपाध्यक्ष पाण्डेले भने, ‘राष्ट्रपतिलाई पनि पार्टीको सदस्य नहुनु भनेको छैन, ‘संविधानले ३ वटा अवस्थाको मात्रै चर्चा गरेको छ ।’ संविधानको त्यो व्यवस्था अनुसार निर्वाचित भएको पद, मनोनीत भएको पद र नियुक्ति भएको पद राष्ट्रपति भएपछि स्वतः जाने र त्यो बाहेक अरू कुनै व्यवस्था नरहेको पाण्डेको भनाइ छ ।

उनले भने, ‘संविधानले नगरेको कुरा कुनै एउटा पार्टीले विधान बनाएर रोक्न मिल्छ र ?’, प्रश्न गर्दै पाण्डेले भने– ‘निर्णय गरेर रोक्न मिल्छ र ?’ यस्ता विषयहरूमा प्रजातान्त्रिक अधिकारलाई उल्लङ्घन गर्ने कुनै पनि प्रजातान्त्रिक पार्टीले गर्न नमिल्ने पाण्डेले बताए ।

उनले सदस्य हुने वित्तिकै पार्टी अध्यक्ष भइहाल्ने भन्ने नहुने भन्दै अध्यक्ष हुने प्रक्रिया फरक रहेकाले सदस्यबाट रोक्न नमिल्ने भएकाले विधान महाधिवेशनमा उठाउने बताए ।

  himalayanvoice.com | १६ भाद्र २०८२, सोमबार ११:२४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online