ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय पार्न प्राधिकरणको निर्देशन प्राधिकरणद्वारा जारी पत्रमा फेसबुक, यू-ट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, ट्वीटरलगायतका २६ सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउने व्यवस्था मिलाउन भनिएको छ ।

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निष्क्रिय गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।

प्राधिकरणले सरकारको निर्णयसँगै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई निष्क्रिय गर्न पत्राचार गरेको हो ।

सामाजिक सञ्जाललाई व्यवस्थित पार्ने सम्बन्धमा सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ५ गतेको निर्णय र यही भदौ १९ गते अर्थात् आजको मन्त्रीस्तरीय निर्णय बमोजिम भन्दै नेपाल भित्र सञ्चालनमा रहेका विभिन्न २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई बन्द गर्न भनिएको हो ।

प्राधिकरणद्वारा जारी पत्रमा फेसबुक, यू-ट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, ट्वीटरलगायतका २६ सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउने व्यवस्था मिलाउन भनिएको छ ।

  himalayanvoice.com | १९ भाद्र २०८२, बिहीबार १०:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online