ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय पार्न प्राधिकरणको निर्देशन प्राधिकरणद्वारा जारी पत्रमा फेसबुक, यू-ट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, ट्वीटरलगायतका २६ सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउने व्यवस्था मिलाउन भनिएको छ ।

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निष्क्रिय गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।

प्राधिकरणले सरकारको निर्णयसँगै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई निष्क्रिय गर्न पत्राचार गरेको हो ।

सामाजिक सञ्जाललाई व्यवस्थित पार्ने सम्बन्धमा सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ५ गतेको निर्णय र यही भदौ १९ गते अर्थात् आजको मन्त्रीस्तरीय निर्णय बमोजिम भन्दै नेपाल भित्र सञ्चालनमा रहेका विभिन्न २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई बन्द गर्न भनिएको हो ।

प्राधिकरणद्वारा जारी पत्रमा फेसबुक, यू-ट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, ट्वीटरलगायतका २६ सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउने व्यवस्था मिलाउन भनिएको छ ।

  himalayanvoice.com | १९ भाद्र २०८२, बिहीबार १०:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online