मनाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार तोक्ने जिम्मा सभापति देउवालाई

काठमाडौँ ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मनाङ उपनिर्वाचनका लागि उम्मेदवारी तोक्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई प्रदान गर्ने निर्णय गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकले सो निर्णय गरेको हो।

२०८२ कात्तिक १७ गते सम्पन्न हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत मनाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा सदस्यको उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय भएको उहाँको भनाइ छ।

उहाँका अनुसार उक्त क्षेत्रको उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी सभापति देउवालाई दिने निर्णय भएको छ।

नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मेवारी मुख्य सचिव पौडेललाई दिने निर्णय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×