ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

प्रधानसेनापतिको सम्बोधन : आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, स्वाधीनताका लागि देश र जनताको रक्षाका लागि नेपाली सेना सक्रिय रहेको उहाँको भनाइ छ ।

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गर्नुभएको छ । सम्बोधनकाक्रममा उहाँले भन्नुभयो, ‘राष्ट्रलाई शान्तिपूर्ण निकासका लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताका निमित्त आह्वान गर्दछौं ।’

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, स्वाधीनताका लागि देश र जनताको रक्षाका लागि नेपाली सेना सक्रिय रहेको उहाँको भनाइ छ ।

सेनापति सिग्देलले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

उहाँले थप जनधनको क्षति हुन नदिनसमेत अनुरोध गर्नुभएको छ । असहज परिस्थितिलाई सामान्यिकरण गर्दै सार्वजनिक र नागरिकको सम्पत्तिको रक्षा एवम नागरिकको सुरक्षाको प्रत्याभूति दिएर राष्ट्रको रक्षा गर्नु सबैको साझा कर्तव्य भएको उहाँको भनाइ छ ।

 

  himalayanvoice.com | २४ भाद्र २०८२, मंगलवार १४:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online