ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

प्रधानसेनापतिको सम्बोधन : आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, स्वाधीनताका लागि देश र जनताको रक्षाका लागि नेपाली सेना सक्रिय रहेको उहाँको भनाइ छ ।

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गर्नुभएको छ । सम्बोधनकाक्रममा उहाँले भन्नुभयो, ‘राष्ट्रलाई शान्तिपूर्ण निकासका लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताका निमित्त आह्वान गर्दछौं ।’

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, स्वाधीनताका लागि देश र जनताको रक्षाका लागि नेपाली सेना सक्रिय रहेको उहाँको भनाइ छ ।

सेनापति सिग्देलले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

उहाँले थप जनधनको क्षति हुन नदिनसमेत अनुरोध गर्नुभएको छ । असहज परिस्थितिलाई सामान्यिकरण गर्दै सार्वजनिक र नागरिकको सम्पत्तिको रक्षा एवम नागरिकको सुरक्षाको प्रत्याभूति दिएर राष्ट्रको रक्षा गर्नु सबैको साझा कर्तव्य भएको उहाँको भनाइ छ ।

 

  himalayanvoice.com | २४ भाद्र २०८२, मंगलवार १४:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online