ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त नियुक्तिसँगै भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बन्नुभएको छ ।

काठमाडौँ  ।  वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त हुनुभएको छ । 

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले आज भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

नियुक्तिसँगै भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बन्नुभएको छ । आजै महान्यायाधिवक्ता रमेश बडालले दिनुभएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गर्नुभएको थियो ।

  himalayanvoice.com | २९ भाद्र २०८२, आईतवार ११:३५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online