ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

जलवायु परिवर्तनले वैश्विक जल चक्र असन्तुलित पार्दै विनाश बढायो : राष्ट्रसङ्घ

जेनेभा  । जलवायु परिवर्तनका कारण विश्वव्यापी बाढी र खडेरीबीचको अनियमित र चरम परिवर्तन हुँदै गएको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले बिहीबार सार्वजनिक गरेको ‘स्टेट अफ ग्लोबल वाटर रिसोर्सेज’ प्रतिवेदनमा सङ्कुचित हिमनदी, खडेरी, असन्तुलित नदी बेसिन र गम्भीर बाढीले विश्वको जल चक्रलाई झन् अप्रत्याशित बनाएको जनाएको छ ।

“विश्वका जलस्रोतहरू बढ्दो दबाबमा छन्, त्यसमाथि पानीसँग सम्बन्धित चरम खतराहरूले जीवन र जीविकामा गहिरो असर पारिरहेका छन्”, डब्लुएमओ प्रमुख सेलेस्टे साउलोले विज्ञप्तिमा भन्नुभयो ।

प्रतिवेदनअनुसार गत वर्ष इतिहासकै सबैभन्दा तातो थियो । यसले दक्षिण अमेरिकाको उत्तरी भाग, अमेजन बेसिन र दक्षिणी अफ्रिकामा लामो खडेरी ल्यायो भने मध्य अफ्रिका, युरोप र एसियामा विनाशकारी बाढी र आँधीबेहरीसहित सामान्यभन्दा बढी वर्षा भयो ।

डब्लुएमओले लगातार छैटौँ वर्ष विश्व नदी बेसिनहरूमा स्पष्ट असन्तुलन देखिएको जनाएको छ । “दुई तिहाइ क्षेत्रहरूमा अत्यधिक वा न्यून पानीको अवस्था छ, जसले हाइड्रोलोजिकल चक्रको बढ्दो अनियमितता देखाउँछ”, प्रतिवेदनमा भनिएको छ ।

तातो मौसमका कारण प्रमुख तालहरूको पानी गुणस्तरमा गिरावट आएको र लगातार तेस्रो वर्ष सबै क्षेत्रमा हिमनदीहरू सङ्कुचित भएको प्रतिवेदनले औँल्याएको छ । हिमनदी पग्लिँदा मात्रै गत वर्ष समुद्री सतह एक दशमलव दुई मिलिमिटरले बढेको र तटीय क्षेत्रका लाखौँ मानिस बाढी जोखिममा परेको उल्लेख छ ।

डब्लुएमओले विश्वभर जलस्रोतको अनुगमन र डाटा साझेदारी अझै सशक्त बनाउन आह्वान गरेको छ । खडेरी, बाढी र हिमनदी क्षतिसम्बन्धी जोखिम व्यवस्थापनका लागि जलस्रोत र हाइड्रोलोजिकल चरम बुझ्न र नाप्न अपरिहार्य भएको प्रतिवेदनले जोड दिएको छ ।

  himalayanvoice.com | २ आश्विन २०८२, बिहीबार २१:३८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online