ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

पुनः निर्माण अभियानमा नेपाली काँग्रेस संसदीय दलले १० लाख दिने घोषणा

पोखरा  ।  नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले पुनः निर्माण अभियानको लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । कांग्रेस संसदीय दलका नेता एवं गण्डकी प्रदेशमा मुख्यमन्त्री समेत रहनु भएको सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा आज (बिहीबार) बसेको संसदीय दलको बैठकले पुनः निर्माण कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । उक्त बैठकले पुनः निर्माण कोष स्थापना गर्न प्रदेश सरकारलाई आग्रह गर्दै थप अन्य सहयोगको लागि समन्वय गर्ने जनाएको छ ।

उक्त बैठकले तत्काल पुनः निर्माण प्रक्रिया सुरु गर्न, पुनः निर्माणको विस्तृत योजना बनाउन, क्षतिको यकिन विवरण सङ्कलन गर्न, व्यवसायीहरूलाई आवश्यक राहत र केही सहुलियत सहित सुरक्षाको प्रत्याभूति दिलाउन माग समेत गरेको छ ।

जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशभित्र सार्वजनिक तथा निजी क्षेत्रका भौतिक संरचना र यातायातका साधनमा ठूलो क्षति पुगेको  दाबी गर्दै विवरण छिटो सङ्कलन गर्न पनि काँग्रेसले माग गरेको छ । यस्तै, जनतालाई अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालयहरूको शीघ्र पुनः निर्माणका लागि सामूहिक प्रयास आवश्यक भएको भन्दै काँग्रेस संसदीय दलले सरकारको ध्यानाकर्षण गराएको हो ।

बैठकले आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यस्तै जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका मुद्दाहरूमा आफ्नो दल प्रतिबद्ध रहेको जनाएको छ ।

आन्दोलन पूर्व नै गण्डकी सरकारले लिएको चालू खर्च घटाउने, दरबन्दी कटौती गर्ने र कार्यालय समायोजनको निर्णय सुशासनमैत्री भएको बैठकले उल्लेख गरेको छ ।

  himalayanvoice.com | २ आश्विन २०८२, बिहीबार २१:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online