ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

मुग्लिन मलेखु सडक रातिदेखि अवरुद्ध ‘‘पोखरा र चितवन हुँदै काठमाडौँ जाने सवारी साधनलाई हेटौँडाको सिस्नेरीबाट जान अनुरोध गर्दछु । पहिरो पन्छाउन दिनभर लाग्ने भएकाले यो बाटो भएर यात्रा गर्ने योजना नबनाउन अनुरोध छ ।’’

असोज । मुग्लिन मलेखु सडकखण्डअन्तर्गत धादिङको जवाङ खोलामा पहिरो जाँदा सोमबार राति १२ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ ।

ठुलो पहिरो आएका कारण अवरुद्ध सडक खुलाउन मङ्गलबार दिनभर लाग्ने भएको छ । मुग्लिन नागढुङ्गा सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले पहिरो ठुलो भएकाले आज दिनभर सवारी सञ्चालन हुन नसक्ने जानकारी दिनुभयो ।

राति १२ बजे पहिरो आएपछि तत्काल काम गर्न नसकिएको उहाँले बताउनुभयो । पहिरो पन्छाउने तयारी भए पनि रातिको समयमा जोखिम हुने भएकाले आज बिहानबाट मात्र पहिरो पन्छाउने तयारी गरिएको छ । अहिले पनि पहिरो खस्ने क्रम भएकाले काम गर्न कठिन भएको कार्यालय प्रमुख नेपालले जानकारी दिनुभयो । पहिरो खस्न रोकिएपछि पन्छाउने काम हुनेछ ।

चितवनबाट राजधानी जाने र पोखराबाट राजधानी जाने सवारी साधनले वैकल्पिक बाटो अपनाउन कार्यालय प्रमुख नेपालले अनुरोध गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘‘पोखरा र चितवन हुँदै काठमाडौँ जाने सवारी साधनलाई हेटौँडाको सिस्नेरीबाट जान अनुरोध गर्दछु । पहिरो पन्छाउन दिनभर लाग्ने भएकाले यो बाटो भएर यात्रा गर्ने योजना नबनाउन अनुरोध छ ।’’

शुक्रबार पहिरो आएर आइतबार साँझ मात्र सञ्चालन आएको मुग्लिन नारायणगढ सडकखण्ड मङ्गलबार जवाङ खोलामा आएको पहिरोले गर्दा पुनः राजधानी जोड्ने राजमार्ग अवरुद्ध भएको हो ।

  himalayanvoice.com | ६ आश्विन २०८२, सोमबार २३:३६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online