ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

मुग्लिन मलेखु सडक रातिदेखि अवरुद्ध ‘‘पोखरा र चितवन हुँदै काठमाडौँ जाने सवारी साधनलाई हेटौँडाको सिस्नेरीबाट जान अनुरोध गर्दछु । पहिरो पन्छाउन दिनभर लाग्ने भएकाले यो बाटो भएर यात्रा गर्ने योजना नबनाउन अनुरोध छ ।’’

असोज । मुग्लिन मलेखु सडकखण्डअन्तर्गत धादिङको जवाङ खोलामा पहिरो जाँदा सोमबार राति १२ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ ।

ठुलो पहिरो आएका कारण अवरुद्ध सडक खुलाउन मङ्गलबार दिनभर लाग्ने भएको छ । मुग्लिन नागढुङ्गा सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले पहिरो ठुलो भएकाले आज दिनभर सवारी सञ्चालन हुन नसक्ने जानकारी दिनुभयो ।

राति १२ बजे पहिरो आएपछि तत्काल काम गर्न नसकिएको उहाँले बताउनुभयो । पहिरो पन्छाउने तयारी भए पनि रातिको समयमा जोखिम हुने भएकाले आज बिहानबाट मात्र पहिरो पन्छाउने तयारी गरिएको छ । अहिले पनि पहिरो खस्ने क्रम भएकाले काम गर्न कठिन भएको कार्यालय प्रमुख नेपालले जानकारी दिनुभयो । पहिरो खस्न रोकिएपछि पन्छाउने काम हुनेछ ।

चितवनबाट राजधानी जाने र पोखराबाट राजधानी जाने सवारी साधनले वैकल्पिक बाटो अपनाउन कार्यालय प्रमुख नेपालले अनुरोध गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘‘पोखरा र चितवन हुँदै काठमाडौँ जाने सवारी साधनलाई हेटौँडाको सिस्नेरीबाट जान अनुरोध गर्दछु । पहिरो पन्छाउन दिनभर लाग्ने भएकाले यो बाटो भएर यात्रा गर्ने योजना नबनाउन अनुरोध छ ।’’

शुक्रबार पहिरो आएर आइतबार साँझ मात्र सञ्चालन आएको मुग्लिन नारायणगढ सडकखण्ड मङ्गलबार जवाङ खोलामा आएको पहिरोले गर्दा पुनः राजधानी जोड्ने राजमार्ग अवरुद्ध भएको हो ।

  himalayanvoice.com | ६ आश्विन २०८२, सोमबार २३:३६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online