ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

तुइनखोलामा पहाडै खस्यो, यातायात बन्द पहाडनै खसेकाले कहिले यातायात सञ्चालन हुन्छ भन्न नसकिने उहाँले बताउनुभयो। मुग्लिन नारायणगढ सडक अनिश्चित समयका लागि बन्द भएको छ।

चितवन । मुग्लिन मलेखु सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा आएको पहिरो पन्छाएर यातायात सञ्चालनमा आए पनि चितवनको तुइनखोलमा पुन पहिरो अएपछि अवरुद्ध भएको छ।

धादिङको जवाङ पहिरोले राति १२ बजेदेखि अवरुद्ध भएको राजमार्ग अपराह्न ३ बजेबाट सञ्चालनमा आएको मुग्लिन नागढुङ्गा सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले जानकारी दिनुभयो।

धादिङतर्फ सञ्चालनमा ल्याइएको छ तर मुग्लिन नारायणगढको तुइनखोलमा पुन ठुलो पहिरो आएपछि अवरुद्ध भएको छ। मङ्गलबार दिउँसो १२ बजे ठुलो पहिरो आएपछि मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको नेपालले जानकारी दिनुभयो।

गन्तव्यमा जान वैकल्पिक बाटो अपनाउन उहाँले अनुरोध गर्नुभएको छ। गएको दिनमा भन्दा अहिले झरेको पहिरो जोखिम रहेकाले पन्छाउन कठिन भइराखेको नेपालले जानकारी दिनुभयो। निरन्तर झरिराखेकाले पन्छाउने काम गर्न नसकिएको उहाँले जानकारी दिनुभयो।

पहाडनै खसेकाले कहिले यातायात सञ्चालन हुन्छ भन्न नसकिने उहाँले बताउनुभयो। मुग्लिन नारायणगढ सडक अनिश्चित समयका लागि बन्द भएको छ।

  himalayanvoice.com | ७ आश्विन २०८२, मंगलवार ०९:४१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online