ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

तुइनखोलामा पहाडै खस्यो, यातायात बन्द पहाडनै खसेकाले कहिले यातायात सञ्चालन हुन्छ भन्न नसकिने उहाँले बताउनुभयो। मुग्लिन नारायणगढ सडक अनिश्चित समयका लागि बन्द भएको छ।

चितवन । मुग्लिन मलेखु सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा आएको पहिरो पन्छाएर यातायात सञ्चालनमा आए पनि चितवनको तुइनखोलमा पुन पहिरो अएपछि अवरुद्ध भएको छ।

धादिङको जवाङ पहिरोले राति १२ बजेदेखि अवरुद्ध भएको राजमार्ग अपराह्न ३ बजेबाट सञ्चालनमा आएको मुग्लिन नागढुङ्गा सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले जानकारी दिनुभयो।

धादिङतर्फ सञ्चालनमा ल्याइएको छ तर मुग्लिन नारायणगढको तुइनखोलमा पुन ठुलो पहिरो आएपछि अवरुद्ध भएको छ। मङ्गलबार दिउँसो १२ बजे ठुलो पहिरो आएपछि मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको नेपालले जानकारी दिनुभयो।

गन्तव्यमा जान वैकल्पिक बाटो अपनाउन उहाँले अनुरोध गर्नुभएको छ। गएको दिनमा भन्दा अहिले झरेको पहिरो जोखिम रहेकाले पन्छाउन कठिन भइराखेको नेपालले जानकारी दिनुभयो। निरन्तर झरिराखेकाले पन्छाउने काम गर्न नसकिएको उहाँले जानकारी दिनुभयो।

पहाडनै खसेकाले कहिले यातायात सञ्चालन हुन्छ भन्न नसकिने उहाँले बताउनुभयो। मुग्लिन नारायणगढ सडक अनिश्चित समयका लागि बन्द भएको छ।

  himalayanvoice.com | ७ आश्विन २०८२, मंगलवार ०९:४१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online