ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

नेपालले वेस्ट इन्डिजसँग नयाँ जर्सीमा खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजसँग खेल्ने सिरिजसँगै नयाँ जर्सी लगाएर अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्नेभएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) काअनुसार नेपालले संयुक्त अरब इमिरेट्स (युएई)मा सेप्टेम्बर २७ तारिखदेखि सुरु हुने टी–२० सिरिजदेखि नयाँ जर्सीमा खेल्न लागेको हो । नेपाल र वेस्ट इन्डिजबिच सेप्टेम्बर २७, २९ र ३० तारिख टी–२० सिरिज हुने छ ।

क्यानले गत साउनमा राष्ट्रिय टोलीले लगाउने जर्सीका लागि नासा सेक्युरिटीजसँग प्रायोजन सम्झौता गरेको थियो । युएईको भिषा समस्याका कारण दुई दिन रोकिएको नेपाली टोली वेस्ट इन्डिजसँग खेल्न सोमबार राति युएई पुगेको छ ।

नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक टी–२० सिरिज खेल्न लागेको हो । वेस्ट इन्डिज ‘ए’ टोलीसँग भने नेपालले गत वर्ष घरेलु मैदान कीर्तिपुरमा टी–२० सिरिज खेलेको थियो ।

दुई पटक टी–२० विश्वकप च्याम्पियन बनेको वेस्ट इन्डिजविरुद्धको यस सिरिजलाई नेपालले आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीको रूपमा लिएको छ ।

  himalayanvoice.com | ७ आश्विन २०८२, मंगलवार ०९:४८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online