ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

नेपालले वेस्ट इन्डिजसँग नयाँ जर्सीमा खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजसँग खेल्ने सिरिजसँगै नयाँ जर्सी लगाएर अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्नेभएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) काअनुसार नेपालले संयुक्त अरब इमिरेट्स (युएई)मा सेप्टेम्बर २७ तारिखदेखि सुरु हुने टी–२० सिरिजदेखि नयाँ जर्सीमा खेल्न लागेको हो । नेपाल र वेस्ट इन्डिजबिच सेप्टेम्बर २७, २९ र ३० तारिख टी–२० सिरिज हुने छ ।

क्यानले गत साउनमा राष्ट्रिय टोलीले लगाउने जर्सीका लागि नासा सेक्युरिटीजसँग प्रायोजन सम्झौता गरेको थियो । युएईको भिषा समस्याका कारण दुई दिन रोकिएको नेपाली टोली वेस्ट इन्डिजसँग खेल्न सोमबार राति युएई पुगेको छ ।

नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक टी–२० सिरिज खेल्न लागेको हो । वेस्ट इन्डिज ‘ए’ टोलीसँग भने नेपालले गत वर्ष घरेलु मैदान कीर्तिपुरमा टी–२० सिरिज खेलेको थियो ।

दुई पटक टी–२० विश्वकप च्याम्पियन बनेको वेस्ट इन्डिजविरुद्धको यस सिरिजलाई नेपालले आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीको रूपमा लिएको छ ।

  himalayanvoice.com | ७ आश्विन २०८२, मंगलवार ०९:४८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online