ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

वेस्ट इन्डिजसँगको टी-२० शृङ्खलाः फाइनल प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । आज नेपालले वेस्ट इन्डिजसँग फाइनलमा प्रतिस्पर्धा गर्दैछ। एक खेल अगावै शृङ्खला आफ्नो पक्षमा पारेको नेपालले आज फाइनल खेल्न लागेको हो। नेपाल वेस्ट इन्डिजलाई पहिलो खेलमा १९ र दोस्रो खेलमा ९० रनले पराजित गर्दै नेपालले युनिटी कप टी-२० शृङ्खलामा २-० को जित निकालेको हो।

फाइनल प्रतिस्पर्धा सयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा मंगलबार राति ८:१५ बजे सुरु हुँदैछ। शृङ्खला जित हात पारिसकेको नेपाले फाइनलमा जित निकाल्दै सिरिज ‘क्लीन स्वीप’ गर्न चाहन्छ। सोमबारको खेलपछि नेपालका कप्तान रोहित पौडेलले वेस्ट इन्डिजविरुद्धको सिरिजमा क्लीन स्वीप गर्ने लक्ष्य रहेको बताएका छन्।

दोस्रो खेलमा सोमबार नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै उक्त शृङ्खलाको उपाधि जितेको हो। पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो।

सोमबारको खेलमा नेपालले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो। वेस्ट इन्डिज १७ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै ८३ रनमा समेटियो।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए। उनले १५ बलमा दुई छक्कासहित सर्वाधिक २१ रन बनाए। यस्तै, एकिम अगष्टले १७ तथा अमिर जांगो १६ रन जोडे।

नेपालको लागि आदिल आलमले ४ विकेट लिए। यस्तै, कुशल भुर्तेलले तीन, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७३ रनको योगफल बनाएको थियो।

नेपालका लागि आसिफले ४७ बलमा आठ चौका र दुई छक्काको मद्दतले अविजित ६८ रनको योगदान गरे । यसैगरी सन्दीप जोराले ३९ बलमा पाँच छक्का र तीन चौकासहित ६३ रन बनाए। यस्तै, मोहम्मद आदिल आलमले ११ रन बनाए।

यता वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र कायल मायर्सले समान दुई दुई विकेट लिए भने जेडिया ब्लेड्सले एक विकेट लिए।

  himalayanvoice.com | १४ आश्विन २०८२, मंगलवार ११:३०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online