ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

दसैँमा तीन चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’

काठमाडौँ । सहरमा दसैँको चहलपहल सुरु भइसकेको छ । अघिल्लो वर्ष झैँ यस पटक पनि दसैँको फूलपातीको अवसर पारेर तीन चलचित्र प्रदर्शनमा आएका छन् । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘हरिबहादुरको जुत्ता’, सन्तोष सेन निर्देशित ‘बलिदान’ र मिलन तामाङ निर्देशित ‘माइतीघर’ प्रदर्शनमा आएका हुन् ।

वरिष्ठ अभिनेता हरिवंश आचार्यको मुख्य अभिनय रहेको ‘हरिबहादुरको जुत्ता’ यस वर्षको प्रतीक्षितमध्ये मानिएको एक चलचित्र हो । चलचित्र पारिवारिक कथामा आधारित रहेको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिनुभयो । चलचित्रमा हरिवंशसहित स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ । गायकद्वय सरोज ओली र मोहितवंश आचार्यले निर्माण गर्नुभएको चलचित्रमा कृष्णबहादुर थापाको छायाङ्कन र नकुल खड्को सम्पादन रहेको छ । वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतले चलचित्रमा सङ्गीत भर्ने काम गर्नुभएको छ ।

एक्सन प्रधान कथा रुचाउने दर्शकका लागि चलचित्र ‘बलिदान’ उपयुक्त हुन सक्छ । अघिल्लो चलचित्र ‘प्रेमगीत ३’ बाट राम्रो चर्चा बटुल्नुभएको सेन निर्देशित यस चलचित्र पनि दर्शकको पर्खाइकै चलचित्र हो । ठुलो सुटिङ सेटमा निर्माण गरिएको चलचित्रमा बलिउड र ‘साउथ’ को प्राविधिक स्वाद पनि चाख्न पाइन्छ । चलचित्रको अर्को आकर्षण हुनुहुन्छ अभिनेता समीर भट्ट । गत वर्षको ब्लकबस्टर ‘१२ गाउँ’ बाट चर्चामा आउनुभएका समीर आफूलाई नेपाली चलचित्र क्षेत्रमा जमाउने जर्मकोमा देखिनुहुन्छ । चलचित्रमा समीरसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय रहेको छ । आसुसेन फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा बनेको चलचित्रका निर्माता पवन ब्राडफोर्ड विष्ट र कार्यकारी निर्माता प्रेम पुरी हुनुहुन्छ ।

प्mूलपातीकै दिन पारेर प्रदर्शनमा आएको अर्को चलचित्र हो ‘माइतीघर’ । त्रिकोणात्मक प्रेम सम्बन्ध, पारिवारिक तथा सामाजिक अवरोधलाई चलचित्रमा मुख्य विषय बनाइएको छ । चलचित्रमा रविन शेरचन र धीरज तामाङको लगानी रहेको छ । ईश्वर श्रेष्ठ र नीरज कटुवाल कार्यकारी निर्माता रहनुभएको चलचित्रको कथा चन्द्रकुमार दोङले लेख्नुभएको हो । चलचित्रको पटकथा र संवाद रामशरण पाठकले तयार पार्नुभएको हो । चलचित्रमा केदार घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र रोहित अधिकारी फिल्म्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भएको हो ।

  himalayanvoice.com | १४ आश्विन २०८२, मंगलवार ११:३४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online