ट्रेण्डिङ्ग:
|केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना|ठूला अध्यागमन प्रवर्तन कारबाहीहरू पछि ट्रम्प प्रशासन आफ्नो आप्रवासन क्र्याकडाउनलाई पुनर्मूल्यांकन गर्दै|टेकु क्षेत्रमा चल्यो डोजर|बल्खुस्थित सुकुम्बासी बस्ती भत्काइयो |मस्कोको एक्लो नेपाली रेस्टुरेन्ट ‘करी हाउस’ नेपाली स्वाद पस्किरहेको छ|सकियो ग्रामीण चलचित्र महोत्सव, ‘मोहर’ उत्कृष्ट चलचित्र|इलाम साहित्य महोत्सवको पाँचौँ संस्करण सुरु|नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज|जनादेश अनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छ : सभापति थापा|अर्थमन्त्री वाग्ले र अमेरिकी दूत सर्जियोको शिष्टाचार भेट

नव कुमारी अष्टमीको शुभ साइतमा कुमारी घर प्रवेश कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँकुमारी छनोट गरिएको थियो ।

काठमाडौं। जीवितदेवी कुमारी चयन भएसँगै नवनियुक्त कुमारीलाई आज अष्टमीको दिनको शुभ साइतमा कुमारी घर प्रवेश गराइ आसनमा विराजमान गराइएको छ । इतुम्बहालका आर्यतारा शाक्य कुमारीको रुपमा उहाँ चयन हुनुभएको हो ।

बिहान ढल्को अवस्थित उहाँको निवासमा बाजागाजाका साथ हनुमानढोकासम्म ल्याइ विधिवत पूजाआजा गरी कुमारी घरमा प्रवेश गराइएको हो । नव कुमारीको आगमनसँगै पूर्व कुमारीलाई सम्मानका साथ विदाइ गरिएको हो । कुमारीघरबाट विधिवत रुपमा उहाँको निवाससम्म पुर्याउन गएको हो । आसनमा आशितकुमारी परिपक्व हुनुभन्दा अगाडि नै कुमारी परिवर्तन परम्परा रहिआएकोलाई अनुसरण गरी आजको शुभसाइत कुमारी परिवर्तन भएको चिताइदार गौतम शाक्यले बताउनुभयो ।

तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइन्छ। कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँकुमारी छनोट गरिएको थियो । कुमारी छनोटका क्रममा सरोकार भएका सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको थियो।

  himalayanvoice.com | १४ आश्विन २०८२, मंगलवार ११:२८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online