ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

क्यानले सर्वजनिक गर्‍यो सन्दीपले वेस्ट इन्डिजसँगको सिरिज नखेल्नुको कारण

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेले वेस्ट इन्डिजसँगको सिरिज नखेल्नुको कारण सार्वजनिक गरेको छ।

बुधबार विज्ञप्ति सार्वजनिक गर्दै क्यानका सचिव पारस खड्काले सन्दीपले नखेल्नुको कारण सार्वजनिक गर्नुभएको हो।

‘नेपाल र वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टोलीबिच सेप्टेम्बर २७ तारिखका दिन सञ्चालन गरिएको टी–२० आई सिरिज प्रतियोगिताको पहिलो खेल सुरु हुनु भन्दा ४५ मिनेट अघि सन्दीप लामिछानेले आफू स्वंयले उक्त म्याच नखेल्ने निर्णय गरेकोमा निजको उक्त निर्णयले टिम म्यानेजमेन्ट, खेलाडी एवंम् समग्र नेपाली क्रिकेटमै गम्भीर असर पर्न गएको हुँदा टिम म्यानेजमेन्टको सिफारिस अनुसार पहिलो खेल लगत्तै बाँकी दुई खेल एवम् नेपाल र वेस्ट इन्डिज बिचको टी–२० आई सिरिज क्रिकेट प्रतियोगिता अवधिभरको लागि निजलाई निलम्बन गरिएको व्यहोरा जानकारी गराउन चाहन्छु।’

  himalayanvoice.com | १५ आश्विन २०८२, बुधबार २१:०७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online