ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

यस्तो छ विभिन्न देशमा टीका लगाउने साइत क्यालिफोर्नियाका लागि बिहान ११ :११ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिनुभयो।

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ।

समितिका अनुसार विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो।

विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको स्थानीयमानअनुसार सम्बन्धित देशको स्थानीय समयअनुसार शुभ साइत सार्वजनिक गरिएको उहाँले बताउनभयो।

नेपालका लागि असोज १६ गते बिहान ११:५३ बजे,
दिल्ली,भारतका लागि सोही दिन अर्थात् २ अक्टोबरका दिन ११ :४९,
न्युयोर्क अमेरिकाका लागि अक्टोबर १ का दिन बिहान ११ :२५,
फ्र्याङ्कर्फट केन्टुकी अमेरिकाका लागि बिहान ११ :५७,
वोवेन्स्वोरो केण्टुकी अमेरिकाका लागि अक्टोबर ११ :०५,
टेक्सासका लागि अक्टोबार ११:३३,
वासिङ्गटन डिसीका लागि ११ :३५,
क्यालिफोर्नियाका लागि बिहान ११ :११,
कोलोराडोका लागि ११ :२९ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिनुभयो।
यसैगरी,

टोरेण्टो क्यानडाका लागि १ अक्टोबरका दिन बिहान ११ :५५,
भ्यानकुभरका लागि ११ :३३,
टोकियो जापानका लागि २ अक्टोबरका दिन बिहान ११ :३१,
सिड्नी अष्ट्रेलियाका लागि २ अक्टोबरका दिन बिहान ११ :४३,
मेलबर्न अष्ट्रेलियाका लागि सोही दिन बिहान ११ :१९,
व्रीसवेन अष्ट्रेलियाका लागि बिहान ११ :५३,
एडिलेटका लागि ११ :३५,
क्यानबेराका लागि ११ :५१,
तास्मानियाका लागि ११ :४५,
पर्थका लागि ११ :२५ र
डार्बिन अष्ट्रेलियाका लागि बिहान ११ :४७ बजेको साइत शुभ रहेको छ।
यस्तै,

बेलिङ्गटन न्यूजिल्यान्डका लागि २ अक्टोबरका दिन बिहान ११ :२३,
लिस्बन पोर्चुगलका लागि सोही दिन बिहान ०९ :२३,
लण्डन बेलायतका लागि बिहान ०९ :१७,
पेरिस, फ्रान्सका लागि बिहान ०९ :५७,
नर्वेको ओस्लोका लागि बिहान १० :०३,
क्वालालम्पुर मलेसियाका लागि बिहान ११ :११,
अवुधावी युएइका लागि बिहान १० :५५,
दोहा कतारका लागि बिहान १० :१३,
बैंकक थाइल्याण्डका लागि बिहान १० :४५,
सियोल दक्षिण कोरियाका लागि बिहान १० :५७,
तेल अभिभ इजरायलका लागि बिहान ११ :३५,
सिङ्गापुरका लागि बिहान ११ :०९,
हङ्गकङ्गका लागि बिहान ११ :४५,
साउदी अरेबियाका लागि बिहान १० :५५,
याङ्गून म्यानमारका लागि बिहान १० :२७,
जेनेभा स्विट्जरल्याण्डका लागि बिहान १० :२५ र
माल्टाका लागि बिहान १० :५५ बजेको साइत
स्थानीय समय अनुसार शुभ रहेकाले प्रकाशन गरिएको समितिका उपसभापति प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो। रासस

  himalayanvoice.com | १५ आश्विन २०८२, बुधबार २१:०४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online