ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

बुरेलीखोलामा फोर्स गाडी दुर्घटना: पाँच घाइते, तीन गम्भीर

सल्यान । सल्यानको कुमाख गाउँपालिका १ बुरेली खोलामा यात्रुवहाक फोर्स गाडी दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आज बिहान नेपालगञ्जबाट रुकुमपश्चिमको चौरजहारीको लागि छुटेको ६७८८ नम्वरको हाईस गाडी दुर्घटना भएको हो । दुर्घटनामा परेर पाँच जना यात्रु घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते हुनेहरुमा चौरजहारी नगरपालिका ५ का ५० वर्षीय बुद्धि बिक, सानीभेरी गाउँपालिका १० का ३४ वर्षीय मदन खड्का र चौरजहारी नगरपालिका १४ का २२ वर्षीय दिनेश ओली रहेका छन् ।

घाईतेहरुलाई उपचारका लागि चौरजहारी अस्पतालमा ल्याइएको छ । गम्भीर अवस्थाका घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गर्ने तयारी भइरहेको अस्पतालका चिकित्सकले जनाएका छन् । गाडी अनियन्त्रीत भई भित्तामा ठोकिएर दुर्घटना भएको बताइएको छ । उक्त गाडीमा १८ जना यात्रु सवार रहेका थिए ।

  himalayanvoice.com | १६ आश्विन २०८२, बिहीबार ०१:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online