ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

मनसुनी विपद् : ४८ को मृत्यु, छ बेपत्ता, २८ घाइते पहिरोमा परी इलाममा ३७, पाँचथर र काभ्रेमा एक-एकजना गरी ३९, बाढीबाट पाँचथर, खोटाङ, मोरङ, सुनसरी, उदयपुर र रौतहटमा एक÷एक जना गरी छ, चट्याङबाट दुई र अविरल वर्षाले उदयपुरमा एक जनाको ज्यान गएको हो । 

काठमाडौँ । पछिल्लो मनसुनी विपदमा परेर मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार साँझ विवरण अध्यावधिक गर्दै मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको जनाएको हो।  

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार पहिरोमा परी इलाममा ३७, पाँचथर र काभ्रेमा एक-एकजना गरी ३९, बाढीबाट पाँचथर, खोटाङ, मोरङ, सुनसरी, उदयपुर र रौतहटमा एक÷एक जना गरी छ, चट्याङबाट दुई र अविरल वर्षाले उदयपुरमा एक जनाको ज्यान गएको हो ।

यस्तै, हालसम्म छ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बाढीमा परेर रसुवामा चार र इलाममा एक तथा पहिरोमा परेर इलाममा एक जना रहेका छन् ।

ती विपदजन्य घटनामा हालसम्म २८ जना घाइते भएका छन् । घाइते हुनेमा पहिरोमा परेर इलाममा १०, पाँचथरमा दुई, ललितपुरमा दुई, भोजपुरमा तीन, खोटाङमा तीन, उदयपुर, मकवानपुर, ताप्लेजुङ, धनकुटा र बारामा एक÷एक जना रहेका छन् ।

यस्तै, अविरल वर्षाका कारण घाइते हुनेमा धनकुटा र बारामा एक÷एक तथा बाढीबाट खोटाङमा एक जना घाइते भएका छन् । प्राप्त विवरणअनुसार हालसम्म १८ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । रासस

  himalayanvoice.com | २० आश्विन २०८२, सोमबार १२:४९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online