ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

मनसुनी विपद् : ४८ को मृत्यु, छ बेपत्ता, २८ घाइते पहिरोमा परी इलाममा ३७, पाँचथर र काभ्रेमा एक-एकजना गरी ३९, बाढीबाट पाँचथर, खोटाङ, मोरङ, सुनसरी, उदयपुर र रौतहटमा एक÷एक जना गरी छ, चट्याङबाट दुई र अविरल वर्षाले उदयपुरमा एक जनाको ज्यान गएको हो । 

काठमाडौँ । पछिल्लो मनसुनी विपदमा परेर मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार साँझ विवरण अध्यावधिक गर्दै मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको जनाएको हो।  

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार पहिरोमा परी इलाममा ३७, पाँचथर र काभ्रेमा एक-एकजना गरी ३९, बाढीबाट पाँचथर, खोटाङ, मोरङ, सुनसरी, उदयपुर र रौतहटमा एक÷एक जना गरी छ, चट्याङबाट दुई र अविरल वर्षाले उदयपुरमा एक जनाको ज्यान गएको हो ।

यस्तै, हालसम्म छ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बाढीमा परेर रसुवामा चार र इलाममा एक तथा पहिरोमा परेर इलाममा एक जना रहेका छन् ।

ती विपदजन्य घटनामा हालसम्म २८ जना घाइते भएका छन् । घाइते हुनेमा पहिरोमा परेर इलाममा १०, पाँचथरमा दुई, ललितपुरमा दुई, भोजपुरमा तीन, खोटाङमा तीन, उदयपुर, मकवानपुर, ताप्लेजुङ, धनकुटा र बारामा एक÷एक जना रहेका छन् ।

यस्तै, अविरल वर्षाका कारण घाइते हुनेमा धनकुटा र बारामा एक÷एक तथा बाढीबाट खोटाङमा एक जना घाइते भएका छन् । प्राप्त विवरणअनुसार हालसम्म १८ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । रासस

  himalayanvoice.com | २० आश्विन २०८२, सोमबार १२:४९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online