ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

सरकारी बन्दका बीच आइसद्वारा अपराधी र अवैध आप्रवासी पक्राउ जारी पक्राउ परेका अवैध आप्रवासीहरुमा अधिकांस हिस्पानिक समुदायका सदस्य रहेका छन् ।

वासिङ्टन । सरकारी बन्दका बीच अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन (आइस) अधिकारीहरूले अपराधी र गैरकानूनी आप्रवासीहरूलाई पक्राउ जारी राखेका छन्।

सहायक सचिव ट्रिसिया म्याकलाघलिनले भनिन्, ‘सरकार बन्दको समयमा, हाम्रा आइस कानून प्रवर्तन अधिकारीहरूले बाल यौन दुराचार, मानव तस्कर र अन्य हिंसात्मक अपराधीहरूलाई पक्राउ गर्न बिना तलब काम गरिरहेका छन्।’ ‘हामी सरकारी बन्दलाई अमेरिकालाई फेरि सुरक्षित बनाउन ढिलो गर्न दिनेछैनौं। हाम्रा कानून प्रवर्तन अधिकारीहरू हाम्रो देशबाट जघन्य अपराधीहरूलाई पक्राउ गर्न र हटाउन चौबीसै घण्टा काम गरिरहेका छन्।’

मंगलबार देशभरबाट पक्राउ परेका अवैध आप्रवासीहरुमा जोस एस्ट्राडा-हिडाल्गो, मेक्सिको, मिल्टन ओमर भाल्डेज-कारास्को, मेक्सिको रहेका छन् ।

यसैगरी मंगलबार पक्राउ परेका अवैध आप्रवासीहरुमा सिल्भिनो जुआन मार्टिनेज-मोन्टेसिनोस, मेक्सिको, क्यालिस्टो मेन्डेज-गोमेज, ग्वाटेमाला र राफेल पोर्टो-अर्बिना, होन्डुरस रहेका छन् ।

पक्राउ परेका अवैध आप्रवासीहरुमा अधिकांस हिस्पानिक समुदायका सदस्य रहेका छन् ।

  himalayanvoice.com | २३ आश्विन २०८२, बिहीबार १२:१२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online