ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

शरद् ऋतुमा हिमाल आरोहण गर्न बहत्तर देशका आरोहीले लिए अनुमति यस वर्ष मनासलुमा आरोहणका लागि सबैभन्दा बढी ३७४ जनाले अनुमति लिएका छन् । मनासलुबाट मात्रै १५ करोड ७६ लाख ४० हजार १९५ रुपियाँ सङ्कलन भएको छ ।

काठमाडौँ । यस वर्षको शरद् ऋतुमा हिमाल आरोहण गर्न ७२ देशका आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार विभिन्न ४२ वटा हिमाल आरोहण गर्नका लागि नेपालसहित ७२ देशका ८०२ जनाले अनुमति लिएका हुन् ।

विभागका निर्देशक लीलाधर अवस्थीले भन्नुभयो, “शरद् ऋतुमा हिमाल आरोहण गर्न शनिबारसम्म ८०२ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमा सबैभन्दा बढी चीन, अमेरिका र बेलायतबाट रहेका छन् भने सबैभन्दा बढी आरोहीको आकर्षण मनासलु, हिमलुङ र मआदब्लम हिमालमा देखिएको छ ।”

आरोहण अनुमतिबापत १९ करोड १३ लाख ८९ हजार ४४२ रुपियाँ हिमाली दस्तुर सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । यस वर्ष मनासलुमा आरोहणका लागि सबैभन्दा बढी ३७४ जनाले अनुमति लिएका छन् । मनासलुबाट मात्रै १५ करोड ७६ लाख ४० हजार १९५ रुपियाँ सङ्कलन भएको छ ।

शरद् ऋतु मनासलु आरोहणका लागि उपयुक्त मौसम मानिने र सगरमाथा आरोहणको पूर्वतयारीका रूपमा मनासलु आरोहीको सर्वाधिक रोजाइमा पर्छ । विभागका अनुसार एक दशकभन्दा बढी समयदेखि शरद् ऋतुमा आरोहण हुन नसकेको सगरमाथामा यस पटक पनि आरोहण गर्न चार जनाले अनुमति लिएका छन् । सगरमाथामा सन् २०१० यता शरद् ऋतुमा आरोहण हुन सकेको छैन ।

सरकारले वर्षमा मार्च, अप्रिल र मे महिनामा पर्ने वसन्त र सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्ने शरद् ऋतुमा हिमाल आरोहण खुलाउने गरेको छ ।

  himalayanvoice.com | २५ आश्विन २०८२, शनिबार २२:४५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online