ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

शरद् ऋतुमा हिमाल आरोहण गर्न बहत्तर देशका आरोहीले लिए अनुमति यस वर्ष मनासलुमा आरोहणका लागि सबैभन्दा बढी ३७४ जनाले अनुमति लिएका छन् । मनासलुबाट मात्रै १५ करोड ७६ लाख ४० हजार १९५ रुपियाँ सङ्कलन भएको छ ।

काठमाडौँ । यस वर्षको शरद् ऋतुमा हिमाल आरोहण गर्न ७२ देशका आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार विभिन्न ४२ वटा हिमाल आरोहण गर्नका लागि नेपालसहित ७२ देशका ८०२ जनाले अनुमति लिएका हुन् ।

विभागका निर्देशक लीलाधर अवस्थीले भन्नुभयो, “शरद् ऋतुमा हिमाल आरोहण गर्न शनिबारसम्म ८०२ जनाले अनुमति लिएका छन् । अनुमति लिनेमा सबैभन्दा बढी चीन, अमेरिका र बेलायतबाट रहेका छन् भने सबैभन्दा बढी आरोहीको आकर्षण मनासलु, हिमलुङ र मआदब्लम हिमालमा देखिएको छ ।”

आरोहण अनुमतिबापत १९ करोड १३ लाख ८९ हजार ४४२ रुपियाँ हिमाली दस्तुर सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । यस वर्ष मनासलुमा आरोहणका लागि सबैभन्दा बढी ३७४ जनाले अनुमति लिएका छन् । मनासलुबाट मात्रै १५ करोड ७६ लाख ४० हजार १९५ रुपियाँ सङ्कलन भएको छ ।

शरद् ऋतु मनासलु आरोहणका लागि उपयुक्त मौसम मानिने र सगरमाथा आरोहणको पूर्वतयारीका रूपमा मनासलु आरोहीको सर्वाधिक रोजाइमा पर्छ । विभागका अनुसार एक दशकभन्दा बढी समयदेखि शरद् ऋतुमा आरोहण हुन नसकेको सगरमाथामा यस पटक पनि आरोहण गर्न चार जनाले अनुमति लिएका छन् । सगरमाथामा सन् २०१० यता शरद् ऋतुमा आरोहण हुन सकेको छैन ।

सरकारले वर्षमा मार्च, अप्रिल र मे महिनामा पर्ने वसन्त र सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्ने शरद् ऋतुमा हिमाल आरोहण खुलाउने गरेको छ ।

  himalayanvoice.com | २५ आश्विन २०८२, शनिबार २२:४५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online