ट्रेण्डिङ्ग:
|रसुवा, नुवाकोट र धादिङमा जुधाइयो एक सय हल गोरु|मिनियापोलिसमा भइरहेको विरोध प्रदर्शन अन्त्य गर्न विद्रोह ऐन प्रयोग गर्ने ट्रम्पको धम्की|अदालतको फैसलाले प्यालेस्टिनी समर्थक कार्यकर्ता महमूद खलीलको स्वतन्त्रतामा खतरा|विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोगमा|टुँडिखेलमा थारू समुदायको माघी|मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने

‘हमासले नभनेसम्म विपिन फर्कने आश मार्दैनौं’ “हामी निराश हुनुपर्ने ठाउँ छैन । भाइ फर्कन्छ भन्ने आशा छ” उहाँले भन्नुभयो, “हमासले केही कुरा भनेकै छैन । भाइको बारेमा हमासले भन्नुपर्छ । हमासले केही नभनेकाले आश मरेको छैन ।”

धनगढी । कञ्चनपुरमा रहेको विपिन जोशीका आफन्तले हमास समूहले आधिकारिक पुष्टि नगरेसम्म विपिन फर्कनेमा आफूहरु आशावादी रहेको बताएका छन् । 

इजरायली सेनाले विपिन जीवित रहेको प्रमाण फेला पार्न नसकेको नेपाली राजदूतावासलाई आज जानकारी गराए पनि आफन्तहरु भने त्यसमा विश्वस्त हुन सकेका छैनन् । सबै बन्धक रिहा नहुँदासम्म भाइलाई पर्खिरहने विपिनका दाजु (ठुलो बुबाको छोरा) किशोर जोशीले बताउनुभयो ।

“हामी निराश हुनुपर्ने ठाउँ छैन । भाइ फर्कन्छ भन्ने आशा छ” उहाँले भन्नुभयो, “हमासले केही कुरा भनेकै छैन । भाइको बारेमा हमासले भन्नुपर्छ । हमासले केही नभनेकाले आश मरेको छैन ।” सामाजिक सञ्जाल र सञ्चार माध्यममा थरी–थरीका कुरा सम्प्रेषण गरेर आफूहरुलाई विक्षिप्त बनाउने काम भइरहेको गुनासो आफन्तको छ ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको टीकापुर कृषि क्याम्पसमा अन्तिम वर्षको परीक्षा दिएर लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत २०८० भदौ अन्तिम साता विपिनसहित ४९ जना विद्यार्थी इजरायल पुगेका थिए । हमास समूहले २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । विपिनलाई भने हमासले बन्दी बनाएर लगेको थियो । उहाँ २०८० असोेज २० गतेदेखि परिवारको सम्पर्कमा हुनुहुन्न ।

  himalayanvoice.com | २७ आश्विन २०८२, सोमबार १०:२१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online