ट्रेण्डिङ्ग:
|केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना|ठूला अध्यागमन प्रवर्तन कारबाहीहरू पछि ट्रम्प प्रशासन आफ्नो आप्रवासन क्र्याकडाउनलाई पुनर्मूल्यांकन गर्दै|टेकु क्षेत्रमा चल्यो डोजर|बल्खुस्थित सुकुम्बासी बस्ती भत्काइयो |मस्कोको एक्लो नेपाली रेस्टुरेन्ट ‘करी हाउस’ नेपाली स्वाद पस्किरहेको छ|सकियो ग्रामीण चलचित्र महोत्सव, ‘मोहर’ उत्कृष्ट चलचित्र|इलाम साहित्य महोत्सवको पाँचौँ संस्करण सुरु|नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज|जनादेश अनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छ : सभापति थापा|अर्थमन्त्री वाग्ले र अमेरिकी दूत सर्जियोको शिष्टाचार भेट

‘हमासले नभनेसम्म विपिन फर्कने आश मार्दैनौं’ “हामी निराश हुनुपर्ने ठाउँ छैन । भाइ फर्कन्छ भन्ने आशा छ” उहाँले भन्नुभयो, “हमासले केही कुरा भनेकै छैन । भाइको बारेमा हमासले भन्नुपर्छ । हमासले केही नभनेकाले आश मरेको छैन ।”

धनगढी । कञ्चनपुरमा रहेको विपिन जोशीका आफन्तले हमास समूहले आधिकारिक पुष्टि नगरेसम्म विपिन फर्कनेमा आफूहरु आशावादी रहेको बताएका छन् । 

इजरायली सेनाले विपिन जीवित रहेको प्रमाण फेला पार्न नसकेको नेपाली राजदूतावासलाई आज जानकारी गराए पनि आफन्तहरु भने त्यसमा विश्वस्त हुन सकेका छैनन् । सबै बन्धक रिहा नहुँदासम्म भाइलाई पर्खिरहने विपिनका दाजु (ठुलो बुबाको छोरा) किशोर जोशीले बताउनुभयो ।

“हामी निराश हुनुपर्ने ठाउँ छैन । भाइ फर्कन्छ भन्ने आशा छ” उहाँले भन्नुभयो, “हमासले केही कुरा भनेकै छैन । भाइको बारेमा हमासले भन्नुपर्छ । हमासले केही नभनेकाले आश मरेको छैन ।” सामाजिक सञ्जाल र सञ्चार माध्यममा थरी–थरीका कुरा सम्प्रेषण गरेर आफूहरुलाई विक्षिप्त बनाउने काम भइरहेको गुनासो आफन्तको छ ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको टीकापुर कृषि क्याम्पसमा अन्तिम वर्षको परीक्षा दिएर लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत २०८० भदौ अन्तिम साता विपिनसहित ४९ जना विद्यार्थी इजरायल पुगेका थिए । हमास समूहले २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । विपिनलाई भने हमासले बन्दी बनाएर लगेको थियो । उहाँ २०८० असोेज २० गतेदेखि परिवारको सम्पर्कमा हुनुहुन्न ।

  himalayanvoice.com | २७ आश्विन २०८२, सोमबार १०:२१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online