ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

डिभी लोटरी विजेताको विवरण सार्वजनिक, ३९३३ नेपालीलाई पर्यो डिभी लोटरी लोटरी प्रणालीमार्फत लगभग १२९,५१६ सम्भावित आवेदकहरू छनौट गरिएको र उनीहरु आप्रवासी भिसाको लागि आवेदन दिन योग्य हुनसक्ने भिसा बुलेटिनमा उल्लेख गरिएको छ ।

लस एन्जलस । अमेरिकी विदेश मन्त्रालयले डिभी २०२६ का विजेताहरुको विवरण सार्वजनिक गरेको छ । छनौट भएका ३९३३ जना नेपालीहरुले २०२६ का लागि भिसा प्रकृया अगाडि बढाउन सक्ने छन् ।

लोटरी प्रणालीमार्फत लगभग १२९,५१६ सम्भावित आवेदकहरू छनौट गरिएको र उनीहरु आप्रवासी भिसाको लागि आवेदन दिन योग्य हुनसक्ने भिसा बुलेटिनमा उल्लेख गरिएको छ ।

छनोट भएका केही व्यक्तिहरूले आफ्नो आवेदन पूरा नगर्ने वा भिसाको लागि अयोग्य ठहरिने सम्भावना हुने भएकोले उपलब्ध भिसाभन्दा ठूलो संख्यामा विजेताहरु छनौट गरिएको विदेश मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०२६ का विजेताहरुले अक्टोबर १, २०२५ देखि सेप्टेम्बर ३०, २०२६ सम्म भिसा पाइसक्नुपर्छ ।

उनीहरु अक्टोबर २, २०२४ देखि नोभेम्बर ७, २०२४ सम्म ३७ दिनको आवेदन अवधिमा डिभी भरेकाहरु हुन् । यो अवधिमा कुल २ करोड ८ लाख २२ हजार ६२४ योग्य आवेदनहरु प्राप्त भएको र दर्ता भएका आवेदकहरूलाई लोटरीबाट छनोट गरिएको जनाइएको छ ।

कुनै पनि देशको लागि अधिकतम सात प्रतिशत भिसा सुनिश्चित गर्न भिसाहरू छ भौगोलिक क्षेत्रहरूमा विभाजन गरिने र भिसा अन्तर्वार्ताको क्रममा प्रमुख आवेदकहरूले उच्च माध्यमिक शिक्षा वा सो सरह, वा विगत पाँच वर्ष भित्र कम्तिमा दुई वर्षको तालिम वा अनुभव आवश्यक पर्ने पेशामा दुई वर्षको कार्य अनुभवको प्रमाण प्रदान गर्नुपर्ने प्रष्ट पारिएको छ ।

कुल ५५ हजार भिसा नम्बरहरू प्रयोग गरिसकेपछि आर्थिक वर्ष २०२६ को लागि कार्यक्रम समाप्त हुने प्रष्ट पारिएको छ ।

डिभी २०२६ का लागि सबैभन्दा धेरै लोटरी पर्नेमा नेपाल एसियामा तेश्रो नम्बरमा रहेको छ ।

  himalayanvoice.com | १ कार्तिक २०८२, शुक्रबार १७:१०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online