ट्रेण्डिङ्ग:
|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै|पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी|म्यासाचुसेट्स कानूनी सहायता कार्यक्रमले आप्रवासीहरूलाई आप्रवासन अदालतमा मद्धत गर्दछ|लाखौं क्यालिफोर्नियालीहरूलाई ५२० मिलियन डलरको उपयोगिता बिल राहत प्रदान|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन 

अमेरिकाको फोर्ट वर्थ सिटीद्वारा दीपावली पर्वलाई मान्यता प्रदान कार्यक्रममा बोल्दै सिटीकी मेयर म्याटी पार्करले नेपाली समुदायको उज्यालो पर्व दीपावली–तिहारलाई धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण भन्दै सहरले यस पर्वलाई आधिकारिकरूपमा स्वीकार गरेको बताउनु भयो ।

टेक्सस । नेपालीहरूको दोस्रो ठूलो पर्व दीपावलीलाई अमेरिकाको टेक्सस राज्यस्थित फोर्ट वर्थ सिटीले मान्यता प्रदान गरेको छ ।

फोर्ट वर्थ सिटी काउन्सिलको मंगलबार बसेको नियमित बैठकले दिपावली पर्वलाई सिटीको विशेष सांस्कृतिक उत्सवका रूपमा मान्यता प्रदान गरेको घोषणा गरेको हो ।

सिटीले मान्यता प्रदान गरेसँगै अबदेखि हरेक वर्ष दीपावली पर्वलाई फोर्ट वर्थ सिटीको आधिकारिक सांस्कृतिक उत्सवका रूपमा मनाइने भएको सिटी काउन्सिलले जनाएको छ ।

बैठकमा सिटी प्रशासनको तर्फबाट काउन्सिल सदस्य डेबराह पिपल्सले दीपावली पर्वलाई सहरको सांस्कृतिक विविधताको प्रतीकका रूपमा सम्मान गर्नुपर्ने प्रस्ताव पेश गर्नु भएको थियो ।

सो अवसरमा उहाँले नेपाली समुदायको सांस्कृतिक र सामाजिक योगदानको उच्च प्रशंसा गर्दै फोर्ट वर्थ सिटी विविधता र सहअस्तित्वको सहर भएको उल्लेख गर्नुभयो ।

उक्त प्रस्तावलाई उपस्थित काउन्सिल सदस्यहरू तथा नेपाली र अमेरिकी समुदायले ताली बजाएर स्वागत गरेका थिए । सो अवसरमा जिल्ला नं. ५ की काउन्सिल सदस्य डेबराह पिपल्सले दीपावली तिहार पर्वको मान्यता सम्बन्धी सम्मानपत्र नेपाली समुदायका अगुवा तथा फोर्ट वर्थ सिटीका भवन मापदण्ड आयुक्त मोहन ज्ञवालीलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै सिटीकी मेयर म्याटी पार्करले नेपाली समुदायको उज्यालो पर्व दीपावली–तिहारलाई धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण भन्दै सहरले यस पर्वलाई आधिकारिकरूपमा स्वीकार गरेको बताउनु भयो ।

मेयर पार्करले फोर्ट वर्थ सिटी विविधता र सांस्कृतिक समृद्धिको उत्कृष्ट उदाहरण हो, जहाँ नेपाली समुदायको विशेष योगदान भएको चर्चा गर्नुभयो ।

नेपाली समुदायको तर्फबाट बोल्दै अगुवा मोहन ज्ञवालीले सहर प्रशासनप्रति आभार व्यक्त गर्दै “फोर्ट वर्थ सिटीले नेपालीहरूको सांस्कृतिक पर्वलाई मान्यता प्रदान गर्नु सम्पूर्ण नेपाली समुदायका लागि गौरवको विषय भएको बताउनु भयो ।

कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ऐरी, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, साथै समुदायका अगुवा तथा स्थानीय पत्रकारहरूको उपस्थिति रहेको थियो ।

नेपाली समुदायका प्रतिनिधिहरूले फोर्ट वर्थ नगरले गरेको यस सम्मानले अमेरिकामा नेपालीहरूको सांस्कृतिक पहिचान र गौरवलाई अझ सुदृढ बनाएको प्रतिक्रिया दिएका छन् ।

यस अघि टेक्ससको ड्यालस काउन्टी कोर्टले पनि गत बर्ष दिपापली पर्बलाई काउन्टीको आधिकारिक उत्सवको रुपमा घोषणा गरेको थियो ।

 

  himalayanvoice.com | ६ कार्तिक २०८२, बुधबार १५:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online