ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

सुन तोलामा ११ हजार ६ सयले घट्यो

काठमाडौँ । नेपाली बजारमा आइतबार सुन तोलामा ११ हजार ६ सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका सुन प्रतितोला दुई लाख ४१ हजार नौ सय रुपियाँ निर्धारण गरेको छ । यसअघि कात्तिक ३ गते सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार पाँच सय रुपियाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते सुनको मूल्य करिब ५ प्रतिशत घटेको थियो । असोज ३ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४३५८ अमेरिकी डलरसम्म पुगेको सुनको भाउ अहिले ४१११ डलर छ । एक औंस बराबर २.४३ तोला हुन्छ ।

नेपालमा भने सार्वजनिक बिदा परेसँगै महासंघले कात्तिक ४ र त्यसयता मूल्य समायोजन गरेन । यसको प्रभाव आइतबार मात्रै देखिएको हो । असोज ३१ गते सुन मूल्य हालसम्मकै उच्च प्रतितोला दुई लाख ५८ हजार रुपियाँ पुगेको थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला २६५ रुपियाँ घटेको छ । तिहारअघि चाँदी प्रतितोला तीन हजार २८० रुपियाँमा कारोबार भएकोमा आज ३ हजार १५ रुपियाँ कायम भएको छ । असोज ३१ गते चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला तीन हजार ३५० रुपियाँ पुगेको थियो ।

  himalayanvoice.com | १० कार्तिक २०८२, आईतवार ०१:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online