ट्रेण्डिङ्ग:
|गण्डकी फुटसलको फाइनलमा प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्सलाई उपाधि|वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात|नेपालीहरूको सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौ : परराष्ट्र मन्त्रालय|फागुन शुक्ल पूर्णिमा: ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण, मिथुन, वृश्चिक र मीन राशिका मानिसलाई शुभ फल|निर्वाचनको सम्पूर्ण तयारी पूरा : २३ हजार बढी मतदान केन्द्रमा पुगे कर्मचारी|मतदानका दिन मौसम सफा रहने पूर्वानुमान|धनगढीमा दुई समूहबिच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर|मध्यपूर्व तनावका कारण एनआरएनए निर्वाचन तालिकामा परिमार्जन|नेपाली दूतावास यूएईका अनुसार अहिलेको अवस्थामा ओभरस्टे भएकालाई फाइन लाग्दैन|सिनेट सुनुवाइमा कडा प्रश्नहरूको जवाफ दिदै नोएमले मिनियापोलिस अराजकताको लागि ‘हिंसक प्रदर्शनकारीहरू’ लाई दोष दिईन

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज स्वदेश फिर्ता हुनुभएको छ । 

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, परराष्ट्र सचिव र सुरक्षा निकायका प्रमुखले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दोहा प्रस्थान गर्नुभएको थियो ।

उहाँले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार दोहामा भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई मङ्गलबार सम्बोधन गर्नुभयो । साथै उहाँले सम्मेलन अन्तर्गत आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरण: गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवम् सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई समेत सम्बोधन गर्नुभएको थियो । राष्ट्रपति पौडेलले मङ्गलबार नै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गर्नुभएको थियो । पौडेलले बुधबार कतार राष्ट्रिय सङ्ग्रहालयको पनि अवलोकन गर्नुभएको थियो ।

यसअघि ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल भएको थियो ।

संयुक्त राष्ट्रसङ्घको सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रही आएको छ । राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेको छ । सो सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दोहा प्रस्थान गर्नुभएको थियो ।

  himalayanvoice.com | २१ कार्तिक २०८२, बिहीबार ११:०६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online